Section 17B
विदेशी नागरिकले पुरातात्विक वस्तु नेपाल भित्र ल्याउन प्रज्ञापन–पत्र भर्नु पर्ने :

(१) कुनै विदेशी नागरिकले इतिहास, कला, विज्ञान आदिको दृष्टिकोणबाट महत्व भएको पुरातात्विक वस्तु नेपालभित्र ल्याउन चाहेमा प्रचलित कानुनबमोजिम प्रज्ञापन–पत्र भरी ल्याउन सक्नेछ ।

(२) उपदफा (१) बमोजिम प्रज्ञापन–पत्र भरी ल्याएको पुरातात्विक वस्तु सो व्यक्तिले नेपालबाहिर जाँदा आफ्नो साथमा लैजान सक्नेछ ।

(३) उपदफा (१) बमोजिम प्रज्ञापन–पत्र नभरी ल्याइएको पुरातात्विक वस्तु नेपाल बाहिर लैजान पाइने छैन।